साफ यू–२० मा नेपालको सुखद सुरुआत : भुटानमाथि २–१ को जित



9,000 SHARES

साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा नेपालले भुटानमाथि २–१ को महत्वपूर्ण जित हासिल गरेको छ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा नेपालका लागि सुजन डङ्गोल र सुवास बमले एक–एक गोल गरे भने भुटानका धेनदुप ग्यालसेनले सान्त्वना गोल फर्काए।

विज्ञापन

खेलको पाँचौँ मिनेटमै सुजनले गोल गर्दै नेपाललाई अग्रता दिलाए। त्यसपछि खेलको ५२औँ मिनेटमा सुवासले अर्को गोल थप्दै स्कोर २–० बनाए।

विज्ञापन

८३औँ मिनेटमा भुटानका धेनदुपले एक गोल फर्काए पनि त्यसपछि थप गोल हुन सकेन र नेपालले २–१ को जित दर्ता गर्न सफल भयो।

यस जितसँगै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय