|
9,000 SHARES |
बिर्तामोड। काठमाडौंमा मुख्य कार्यालय रहेको डेस्टिनी करियर एजुकेशन प्रा.लि. ले आफ्नो सेवा विस्तार गर्दै झापाको बिर्तामोडमा पहिलो शाखा स्थापना गरेको छ।
पूर्वी नेपालबाट जापान अध्ययन तथा रोजगारीका लागि जाने विद्यार्थीको संख्या बढ्दै गएपछि सहज र स्थानीय स्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको कम्पनीका सञ्चालक सुजन श्रेष्ठ ले जानकारी दिए।
काठमाडौंको सामाखुशीस्थित मुख्य कार्यालयबाट सञ्चालन हुँदै आएको यस कन्सल्टेन्सीले छोटो अवधिमै उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ। कम्पनीका अनुसार पछिल्ला तीन वर्षमा करिब १५० जना विद्यार्थीलाई जापान पठाइसकिएको छ। सञ्चालक श्रेष्ठले आफूहरूमार्फत जापान गएका सबै विद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा रहेको र शतप्रतिशत सफल नतिजा हासिल भएको दाबी गरे।
विद्यार्थीको भविष्य सुनिश्चित गर्ने लक्ष्यसहित कन्सल्टेन्सीले जापानका विभिन्न शहरमा आफ्नै रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएको जनाएको छ। त्यहाँ अध्ययनका लागि जाने विद्यार्थीलाई सोही रेष्टुरेन्टमा आंशिक रोजगारीको अवसर प्रदान गरिने व्यवस्था गरिएको छ। साथै, टोकियो, नागोया र फुजी क्षेत्रमा समेत रेष्टुरेन्ट विस्तार गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।
बिर्तामोड शाखाका प्रमुख प्रकाश बानियाँका अनुसार चैत १५ गतेदेखि दक्ष प्रशिक्षकमार्फत जापानी भाषा तथा आवश्यक तयारी कक्षा सञ्चालन गरिनेछ। यसका लागि विद्यार्थीहरूको नाम दर्ता प्रक्रिया सुरु भइसकेको उनले बताए।
शाखा उद्घाटन कार्यक्रममा सल्लाहकार रोशन अधिकारी, सञ्चालकहरू श्रीकृष्ण श्रेष्ठ तथा सुशील डंगोल को उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन बिर्तामोड शाखाका सञ्चालक तिलक योञ्जन ले गरेका थिए।
कन्सल्टेन्सीको झापामा स्थापना भएसँगै अब पूर्वी नेपालका विद्यार्थीहरूले विदेश अध्ययनका लागि काठमाडौं धाउनुपर्ने बाध्यता घट्ने विश्वास गरिएको छ।










