नयाँ प्रधानमन्त्रीको शपथ १३ गते



9,000 SHARES

झापा । प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारी भएको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै सरकार गठनका लागि आवश्यक बहुमत सुरक्षित गरेको हो। पार्टीले निर्वाचनअघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो।

विज्ञापन

राजधानीस्थित रोयल सिंगी होटलमा बसेको पार्टी बैठकले सांसदहरूको शपथपछि सरकार गठन गर्दै प्रधानमन्त्रीको शपथ गराउने निर्णय गरेको हो। रास्वपा उपसभापति स्वर्णिम वाग्ले का अनुसार चैत १३ गते शपथ कार्यक्रम तय गरिएको छ।

विज्ञापन

संघीय संसद सचिवालयले भने चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथ कार्यक्रम निर्धारण गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
31
+1
0
+1
18
+1
4
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय