११ महिनामा देशभर ६ हजार ७ सय ९९ विपद्का घटना, ४६४ जनाको मृत्यु



9,000 SHARES

झापा। गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर ६ हजार ७ सय ९९ वटा विपद्का घटना भएका छन्।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा विपद्का कारण ४ सय ६४ जनाको मृत्यु भएको छ भने ३८ जना अझै बेपत्ता छन्। त्यस्तै १ हजार ८ सय १४ जना घाइते भएका छन्।

विज्ञापन

विपद्का कारण देशभर १२ हजार ४ सय ५८ घरपरिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार सबैभन्दा धेरै आगलागीका घटना भएका छन्। ११ महिनामा ३ हजार ३ सय ३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ।

विज्ञापन

त्यस्तै बाढीका ३ सय १८, पहिरोका ५ सय ९०, ठूलो वर्षाका ४ सय २९, चट्याङका ३ सय ६७, सर्पदंशका ५ सय ९२ र डढेलोका २ सय ४६ घटना भएका छन्।

यसैगरी हावाहुरीका २ सय ९२, जनावरको आक्रमणका ४ सय ८८ तथा लेक लागेका १ सय १९ घटना भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय