|
9,000 SHARES |
बिर्तामोड । नेपाल प्रहरीमा ३० वर्षसम्म निरन्तर सेवा पुर्याएका पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज गिरीलाई सम्मानसहित विदाई गरिएको छ।
यहि फागुन २४ गते अनिवार्य अवकाशमा जानु भएका गिरीलाई जिल्ला प्रहरी कार्यालय झापामा आयोजित विदाई तथा शुभकामना कार्यक्रममा सम्मानसहित विदाई गरिएको हो।
कार्यक्रममा प्रहरी संगठनप्रति उहाँले तीन दशकसम्म पुर्याउनुभएको समर्पित सेवा योगदानको उच्च कदर गर्दै आगामी दिनहरूमा उहाँको जीवन सुख, शान्ति र समृद्धिले भरिपूर्ण रहोस् भन्ने कामना गरिएको थियो।
उक्त अवसरमा झापाकी प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसुन्धरा खड्कासहितका प्रहरी अधिकारी तथा कर्मचारीहरूले गिरीको सेवाको प्रशंसा गर्दै उहाँलाई सफल र सुखद भविष्यको शुभकामना व्यक्त गरेका थिए।










