१४ तस्बिरमा हेर्नुहोस् सुखानी पर्यटकीय स्थल, फोटो फिचर



9,000 SHARES

इलाम । जिल्लाको माई नगरपालिका–भित्र पर्ने सुखानी पर्यटकीय स्थल प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्व दुवै बोकेको गन्तव्य हो। झापाको अर्जुनधारा नगरपालिकासँग सिमाना जोडिएको यो क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।

विज्ञापन

झापा आन्दोलनका क्रममा सहिदहरूले साहदत प्राप्त गरेको यही स्थानलाई संरक्षण र विकास गर्दै हाल पार्कको रूपमा रूपान्तरण गरिएको हो। ऐतिहासिक स्मृतिलाई जगेर्ना गर्दै बनाइएको सहिद स्तुपाले यहाँ आउने पर्यटकलाई आन्दोलनको इतिहाससँग जोड्ने काम गर्छ।

विज्ञापन

सुखानी सामुदायिक वन उपभोक्ता समूहले यस क्षेत्रको निर्माण, व्यवस्थापन तथा संरक्षण गर्दै आएको छ। सामुदायिक पहलमै विकसित भएको यो स्थल वातावरणमैत्री र शान्त गन्तव्यका रूपमा परिचित छ।

पर्यटकका लागि यहाँ चिल्ड्रेन पार्क, बनभोज (पिकनिक) स्थल, पोखरीमा डुङ्गा सवारको व्यवस्था गरिएको छ। हरियाली वन, खुला वातावरण र व्यवस्थित संरचनाले परिवारसहित घुम्न आउनेका लागि सुखानी उपयुक्त स्थान बनेको छ।

प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व र सामुदायिक संरक्षणको नमूना बनेको सुखानी पर्यटकीय तस्बिरमार्फत हेर्दा अझ आकर्षक देखिन्छ। झापा–इलाम सीमाक्षेत्रमा रहेको यो स्थल शान्त वातावरणमा समय बिताउन चाहनेहरूका लागि उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय