बंगलादेशमा डेंगु प्रकोपः मृत्यु हुनेकाे संख्या ४ सय नाघ्यो, संक्रमित झन्डै एक लाख



9,000 SHARES

एजेन्सी । बंगलादेशमा डेंगु ज्वरोको प्रकोप झनै गम्भीर बन्दै गएको छ। स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्ष डेंगुका कारण मृतक संख्या ४०१ पुगेको छ भने संक्रमितको संख्या ९८ हजार ७०५ पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्रै देशभर ३ जनाको मृत्यु भएको छ भने ४२१ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको डीजीएचएसले जनाएको छ।

विज्ञापन

संस्थाका अनुसार डिसेम्बर महिनामा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ। नोभेम्बरमा १ सय ४ र अक्टोबरमा ८० जनाको ज्यान गएको थियो।

डेंगु सङ्क्रमणका दृष्टिले नोभेम्बर महिनामै २४ हजार ५३५ नयाँ संक्रमित भेटिएका थिए। डिसेम्बरमा भने हालसम्म ४ हजार ३०८ जना थपिएको उल्लेख छ।

विज्ञापन

डेंगु नियन्त्रणका लागि बंगलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने, लार्भा नियन्त्रण अभियानलाई तीव्रता दिने र जनसहभागिता अभिवृद्धि गर्ने तयारी गरेका छन्।

एडिस प्रजातिको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने यो भाइरल रोगले उच्च ज्वरो, टाउको तथा जोर्नी दुख्ने, थकान, बान्ता र चक्कर आउनेजस्ता लक्षण देखापर्ने बताइन्छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय