अर्जुनधारामा खोरेतविरुद्ध खोप अभियान : हालसम्म ५ हजार २९३ पशुमा भ्याक्सिन



9,000 SHARES

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा खोरेत (Lumpy Skin Disease–LSD) नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानले तीव्रता बढाउँदै लगेको छ। अभियान सुरु भएको केही दिनमै ५ हजार २९३ वटा पशुमा खोप लगाइएकाे छ ।

पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख पदमलाल राईका अनुसार प्राविधिक टोलीले हालसम्म २ हजार २८ घरधुरीका ५ हजार ५८५ पशु निरीक्षण गरेको छ। निरीक्षणसँगै पशुहरूमा खोरेतविरुद्धकाे खोप लगाइएकाे हाे । पशुचिकित्सककाे टाेलीले परामर्श समेत प्रदान गरेकाे छ।

विज्ञापन

पछिल्ला वर्षहरूमा नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएको खोरेत (LSD) गाई–गोरुलगायत गोवंशमा देखिने भाइरल रोग हो। टोक्ने किराहरूमार्फत सर्ने यो रोगले पशुको छालामा गुटिका देखिनु, ज्वरो, दुध उत्पादनमा ह्रास तथा कमजोर पशुमा मृत्यु समेत गराउन सक्छ। यो रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय खोप मानिन्छ।

विज्ञापन

अर्जुनधारा नगरपालिकाले खोरेत नियन्त्रणका लागि २० हजार पशुमा खोप लगाउने लक्ष्यसहित कात्तिक २३ गतेदेखि अभियान सञ्चालन गरेको हो। नगरप्रमुख बलदेवसिंह गोम्दनेले अभियानको औपचारिक उद्घाटन गर्दै किसानको क्षतिको सामना गर्न नपरोस् भनेर नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयाे । शाखा प्रमुख राईका अनुसार अभियानलाई प्रभावकारी बनाउन कोशी प्रदेश सरकारको सहयोग प्राप्त भएको छ। 

नगरपालिकाको प्राविधिक टोली दैनिक रूपमा कृषकका गोठ–गोठमा पुगेर रोग निरीक्षण र खोप लगाउने कार्य निरन्तर अघि बढाइरहेको छ। किसानको पहुँच सहज बनाउन प्रत्येक बस्तीमा खोप केन्द्रित टोली परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय