काठमाडौं । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका कप्तान खामिर गिल्सनराई पाँचौ मेचीनगर गोल्डकपको सवोत्कृष्ट खेलाडी बनेका छन् ।
उनले टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले ५१ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यसैगरी प्रतियोगिताान समान तीन गोल गर्दै चर्च ब्वाइजका अबायोमी फकुन्ले र मछिन्द्रका युसुफ मलिक सर्वाधिक गोलकर्ता बने ।

यसैगरी काँकरभिट्टाका दिवस उराउ उत्कृष्ट रक्षक, चर्च ब्वाइजका टिकेन्द्रसिंह थापा उत्कृष्ट गोलकिपर र सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । काँकरभिट्टाका पर्शु राई उदीयामन खेलाडी चुनिए ।
प्रतियोगिताका उच्च गोलकर्ताले २५ हजार प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट रक्षक, गोलकिपर र प्रशिक्षकले समान २१ हजार रुपैयाँ प्राप्त गरे । उदीयमान खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
प्रतियोगिताको विजेतालाई कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्की लगायतले पुरस्कृत गरेका थिए ।
काँकरभिट्टा मैदानमा शनिबार सम्पन्न फाइनलमा आयोजक टोलीलाई १-० ले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड पहिलो पटक मेचीनगर गोल्डकपको च्याम्पियन बनेको थियो ।