झापा । उदयपुरमा होली खेल्न बोलाई युवतीलाई सामूहिक बलात्कार गर्ने दुई युवा पक्राउ परेका छन् ।
बिहीवार साँझ ७ बजे उदयपुर रौतामाई गाउँपालिका ६ निगाले बस्ने १७ वर्षीया परिवर्तित नाम गाईघाट ७८ लाई सोही ठाउँ बस्ने २७ वर्षीय निलम भन्ने तिलकबहादुर अधिकारी र ३८ वर्षीय दिपक राउतले घरमा होली खेल्न बोलाइ धाक धम्कीसमेत दिएर जवर्जस्ती करणी गरेका थिए ।
पीडित युवतीले हिजो जाहेरी दिएपछि गएराति ९ः३० बजे प्रहरीले दुवैलाई पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।