इटहरीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

झापा । सुनसरीको इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल आज (शनिबार) बिहानका राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१२ मा प्रदेश १–०२–०४८ प ३८७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालक विराटनगर महानगरपालिका–१० का २४ वर्षीय पुनम चौधरीको मृत्यु भएको हो ।


गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराट नर्सिङ होम एवं विराटनगर अस्पातालमा बिहान ५ः१५ बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । मोटरसाइकलको पछाडि सवार उदयपुरको कटारी नगरपालिका–२ की २८ वर्षीया उमा सुनुवार घाइते भएकी छन् ।

सुनुवारको विराट नर्सिङमै उपचार भइरहेको छ । मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
51
सम्बन्धित

लोकप्रिय

लोकप्रिय