गौरादहकी किशोरी विराटनगरबाट बेपत्ता, खोजीका लागि अपिल

बिर्तामोड । झापा गौरादहकी एक किशोरी विराटनगरबाट बेपत्ता भएपछि उनको खोजीका लागि परिवारले अपिल गरेको छ ।

झापाको गौरादह नगरपालिका वडा नम्बर ५ आरावालचोक निवासी मनिषा पौडेल फागुन १७ गतेदेखि बेपत्ता भएपछि परिवारले खोजीका लागि अपिल गरेको हो ।

आफ्नो पढाइको सिलसिलामा कक्षा ११ मा विराटनगरस्थित सिटी कलेजमा अध्ययनरत उनी बेपत्ता भएको दुई साता बित्न लाग्दासमेत सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि अपिल गरेका हुन् ।


बिहान अध्ययन गर्ने र दिउँसोको समयमा विराटनगरकै ओकरा क्याफेमा काम गर्दै आएकी उनी सो दिन बेलुकासम्म कोठमा फर्किएकी थिइनन् ।

मनिषालाई देख्नेहरूले नजिकैको प्रहरी कार्यालय वा ९७०१३८५७४१ मा सम्पर्क गरी जिम्मा लगाइदिन अनुरोध गरिएको छ ।

बेपत्ता भएकी मनिषा सम्पर्कमा नआएपछि फागुन २५ गते प्रहरीमा समेत निवेदन दिएर खोजीका लागि अुनरोध गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
93
सम्बन्धित

लोकप्रिय

लोकप्रिय