एकै दिन सुनको मूल्यमा ४ हजारको वृद्धि

झापा । नेपाली बजारमा आज एकै दिन सुनको मूल्य ४ हजार रुपैयाँले बढेको छ।

बुधबार प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ७४ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बिहीबार फागू पूर्णिको सार्वजनिक बिदा परेकोले सूनको मूल्य निर्धारण गरिएको थिएन।


आज आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी २ हजार रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय ८६ दशलमव ६ अमेरिकी डलर र चाँदी ३३ दशलमव ८५ डलरमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय