झापा बजारमा आगलागी हुँदा २५ लाखको क्षति

बिर्तामोड । झापाको झापा गाउँपालिका वडा नम्बर ४ बस्ने जिया तामाङको घरमा हिजो राति आगलागी भएको छ ।

आगलागीबाट तामाङको जस्तापाताको छानो भएको भुइँतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । राति करिब ९ बजेतिर विद्युत सर्ट भई सो आगलागी भएको आशंका गरिएको छ । तामाङले सो घर भाडामा दिएका छन् ।

आगो निभाउन भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीले सहयोग गरेका थिए । सवा ९ बजे  राति आगो नियन्त्रणमा आएको थियो ।


आगलागीबाट अन्दाजी २५ लाख रुपैयाँबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक दिपिन राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
107
सम्बन्धित

लोकप्रिय

लोकप्रिय