भक्तपुरमा स्कर्पियो दुर्घटना, ८ जना घाइते (नामवलीसहित)

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाने क्रममा एक स्कर्पियो दुर्घटनामा परेको छ। तीव्र गतिका कारण गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर, भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ, र सबैको थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार, मोडमा गाडी अनियन्त्रित भएर बीएए ०८३४ नम्बरको स्कर्पियो पल्टिएको थियो।


गाडीमा सवार घाइते हुनेमा भक्तपुर कटुञ्जे बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षीय कमल अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोख्रेल, ३५ वर्षीय विवेक बस्नेत, २७ वर्षीया रुपा पन्त र २८ वर्षीय आशिष अछामी रहेका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय