बिर्तामोड । झापाको कनकाईमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
कनकाई नगरपालिका-२ जामुनबारीस्थित भित्री सडकखण्डमा बुधबार साँझ ६ जामुनबारीबाट सुरुङ्गातर्फ जाँदै गरेको साइकललाई सोही दिशातर्फ जाँदै गरेको प्र १–०१–०१३प ८०९१ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा साइकल यात्री सोही ठाउँ बस्ने १९ वर्षीय सलिन कार्की, मोटरसाइकल चालक ३३ वर्षीय सविन तामाङ घाइते भएका थिए ।

दुवै घाइतेलाई कनकाई नगर अस्पताल सुरुङ्गामा लगी सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो ।
मोटरसाइकल चालक तामाङको उपचारको क्रममा आज दिउँसो १:२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
अर्का घाइते कार्कीको अवस्था सामान्य रहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको उनले बताए ।