होलीमा उच्छृङ्खल गतिविधि गर्ने २४ जनासहित १४३ सवारीसाधन नियन्त्रण

काठमाडौं । काठमाडौं प्रहरीले होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा २ महिलासहित २४ जनालाई नियन्त्रणमा लिएको छ ।

मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरी सवारी साधन चलाएका, स्वरूप चेन्ज भएका, स्पिडमा चलाइएका सवारी साधनलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा रहेका सवारी साधन चारपांग्रे ५ वटा, दुई पांग्रे १३८ वटा गरेर १४३ वटा रहेका छन् । ती सवारी साधन प्रक्रिया पूरा गरेर बेलुकासम्म सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइने बताइएको छ ।


त्यस्तै, प्रहरी नियन्त्रणमा रहेका २४ जनालाई पनि आजै आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय