प्रेमिकाले धोका दिएको भन्दै झापामा एक युवकले शरीरमा पेट्रोल खन्याएर आगो लगाए

झापा। प्रेमिकाले धोका दिएको भन्दै झापाको कनकाई नगरपालिकामा एक युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् ।

आज दिउँसो १२:२५ बजे कन्काई नगरपालिका ४ स्थित कोटीहोमनजिक सुनसरी इनरुवा ९ बलाह बस्ने १९ वर्षीय मिकेश चौधरीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका हुन् ।

स्थानीयले देखेर प्रहरीलाई खबर गरेपश्चात् उद्धार गरी उनलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको लागि ल्याइएको छ । हाल गम्भीर अबस्थामा उनको उपचार भैरहेको छ ।


विगत ३–४ दिनदेखि बिर्तामोड ४ स्थित सोफा हाउसमा काम गर्दै आएका चौधरी कोटीहोम दक्षिणपट्टिको सडकमा आफ्नी प्रेमिकासंग हिड्दै गर्दा उनीहरुबीच विवाद भएको थियो ।

विवादका क्रममा चौधरीले आफ्नी प्रेमिका र आफूमाथि पेट्रोल छर्केका थिए । संगै आत्मदाह गर्ने कोशिश गर्दा प्रेमिकाले भागेर ज्यान जोगाएकी छन् भने उनले आफ्नो शरीरमा आगो सल्काएका थिए ।

घटनापछि चौधरी थरकी ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको दुबै हात र पिसाब थैलीको केही भाग, कम्मरको भाग र दुबै कानसहित शरीरको आधा भाग जलेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय