बिर्तामोड । झापाको चारकोशे झाडी जलथल जंगलमा एउटा जंगली हात्ती मृत भेटिएको स्थानीयले जानकारी दिएका छन् ।
हिजो साँझ ७ः३० बजे कचनकवल–७ स्थित पाथिभरा सामुदायिक वनमा जंगली हात्ती मृत भेटिएको त्यहाँका वन समितिले जानकारी गराएको हो ।
३–४ वटा जंगली हात्ती वरिपरि बसेकाले त्यहाँ जान सकिएको छैन ।

आज बिहान वन डिभिजन कार्यालयबाट टोली त्यसतर्फ गएको वन अधिकृत जीवन पाठकले जनाएका छन् ।