झापा । रुख ढाल्ने क्रममा रुखले किचेर इलाममा एकजनाको मृत्यु भएको छ ।
आज दिउँसो १।३० बजे इलाम देउमाई नगरपालिका – ५ बारुङमा सोही ठाउँ बस्ने थिरबहादुर कार्कीले आफ्नै बारीमा रहेको सिरिसको रुख पेट्रोलबाट चल्ने टेन्चो मेसिनले अन्दाजी २६ वर्षीय प्रेम लिम्बूलाई ढाल्न लगाएका थिए ।
सोही सिरिसको रुखले किचेर लिम्बूको घटनास्थलमा नै मृत्यु भएको हो ।

सोही वडाका वडा अध्यक्ष तिलकबहादुर तामाङले जानकारी गराउनसाथ अस्थायी प्रहरी विट गजुरमुखीधामबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय मंगलबारेबाट टोली गएको इलाम प्रहरीले जनाएको छ ।