बगान युथ क्लबले जित्यो बुट्टाबारी च्यालेन्ज कपको उपाधि

बितामोड । तेस्रो संस्करणको बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि कचनकवलको बगान युथ क्लबले जितेको छ ।

बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनल खेलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २–१ गोल अन्तरले हराउँदै बगान च्याम्पियन बनेको हो ।

उपाधिसँगै बगानले नगद २ लाख २ हजार २२२ रुपैयाँ, ट्रफी र मेडल पाएको छ । उपविजेतामा सीमित बुट्टाबारीले नगद एक लाख एक हजार १११ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ ।


बगानको जितका लागि पहिलो हाफको अतिरिक्त समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । खेलको ७८ औँ मिनेटमा बुट्टाबारीका आकाश राईले सान्त्वाना एक गोल फर्काए ।

फाइनल खेलको प्लेयर अफ द म्याच बगानका मिलन राई भए । उनले नगद ३ हजार र ट्रफी पाए ।

त्यस्तै, उच्च गोलकर्ता बुट्टाबारीका आकाश राई, उदीयमान खेलाडी बुट्टाबारीका अतित राई र उत्कृष्ट गोलकिपर बगानका देवेन भूजेल भए । उनीहरुले जनही १० हजार रुपैयाँ र ट्रफी पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बुट्टाबारीका गोलकिपर अभिषेक चौधरी भए । उनले नगद १५ हजार, ट्रफी र मेडल पाए ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, झापा जिल्ला खेलकुद विकास समितिका अध्यष प्रशान्त भण्डारी, प्रायोजक कनकाई हस्पिटलका अध्यक्ष युवराज डाँगी, बिर्तामोड-६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवा, वडा नम्बर-५ का वडा अध्यक्ष रोहित प्रसाईं, समाजसेवी रामुकमार कन्दङवा, हरियाली सामुदायिक वनका सचिव कृष्णमाया चौधरी, क्लबका अध्यक्ष हिमाल कन्दङवा लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
69
सम्बन्धित

लोकप्रिय

लोकप्रिय