युवा संघ नेता आङ्देम्बेसहितलाई सांघातिक आक्रमण गर्ने खालिङ्ग पक्राउ

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित ३ जना युवामाथि सांघातिक आक्रमण गरेको आरोपमा बिर्तामोडबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड ४ बस्ने खगेन्द्र खालिङ्ग रहेको झापा प्रहरीले जनाएको छ ।

खालिङ्गलाई बिर्तामोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । घटनामा अन्य युवाहरु समेत भएको आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ । गएराती हत्या गर्ने योजनासहित भएको आक्रमणबाट युवा संघका तीन जना युवा नेता गम्भीर घाईते भएका छन् ।

घाईतेहरुको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भईरहेको छ । ईन्चार्ज आङ्देम्बेको आइसियुमा र अन्य २ जना विश्वदिप राजवंशी र अजय खवासको अर्थोवार्डमा राखेर उपचार भईरहेको छ । आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो । खुकुरीबाट उनको अनुहारमा गम्भीर चोट लागेको छ भने अन्यको हात र शरिरका विभिन्न भागमा चोट लागेको छ ।


घटना विवरण अनुसार बिर्तामोड – ४ का खगेन्द्र खालिङ्गले राति करिब १ बजे आङ्देम्बेलाई घरमा बोलाएका थिए । घरभित्र पस्नको लागि चेनगेटमा पुग्नेवित्तिकै खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । योजनावद्ध रुपमा आक्रमण गरिएको घाइतेहरुले बताए ।

अर्का घाइते राजवंशीलाई पनि भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिएपछि मोटरसाईकलमा आएका सोहि समुहका ४ जनाले आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
133
सम्बन्धित

लोकप्रिय

लोकप्रिय