माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे: दुर्गा प्रसाईँ

काठमाडौं । राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ ।

राजा ल्याउने भन्दै संयुक्त आन्दोलनमा सहभागी भएका दुर्गा प्रसाईँले आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरी राप्रपाका नेताहरूको भूमिकाप्रति टिप्पणी गरेका छन् ।

उनले देशमा गणतन्त्र र धर्मनिरपेक्षता स्थापना गर्ने विषयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेको भन्दै उनीहरूको दोहोरो चरित्र भएको आरोप लगाए ।


प्रसाईँले तत्कालीन राप्रपाका नेताहरू गणतन्त्रको भोज खाएर माहोल बनेपछि ढोक्सा थाप्न आइपुगेको जिकिर गरेका छन् । उनले माहोल बनेपछि आएका थापा र लिङ्देनले आफूलाई सहकार्य गर्न बोलाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले राजसंस्था स्थापना गर्ने आन्दोलन साँच्चै गर्ने हो भने राप्रपाले सांसद पदबाट राजीनामा गरेर आउन चुनौती दिए । उनले राप्रपासँग हात नमिलाउने समेत पत्रकार सम्मेलनमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
106
सम्बन्धित

लोकप्रिय

लोकप्रिय