लागुऔषध ब्राउन सुगरसहित झापामा पाँचजना पक्राउ

बितामोड । झापाको विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले भद्रपुरबाट हल्दिबारी १ का ३० वर्षीय तोयानाथ बास्कोटा र वडा नम्बर २ का २२ वर्षीय निश्चल खत्रीलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीपुलमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको स. ८ प ९०११ नम्बरको मोटरसाइकलमा रहेका उनीहरुलाई १ ग्राम २४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो ।


त्यस्तै, भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पाँचथर फिदिम ४ का २० वर्षीय पारस राजवंशीलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ४ ग्राम ०९ मिलिग्रामसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, प्रहरीले झापा अर्जुनधारा ११ नयाँ बसपार्कबाट इलाम सूर्योदय ५ का २३ वर्षीय प्रशिष खड्का र अर्जुनधारा ६ का ४० वर्षीय सुवास खवासलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम २७० मिलिग्रामसहित नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय