अपडेट: झापामा युवा संघका नेतामाथि सांघातिक आक्रमण, ईन्चार्ज आङ्देम्बेसहित ३ जना घाइते

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित ३ जना युवामाथि गएराति सांघातिक आक्रमण भएको छ ।

हत्या गर्ने योजनासहित भएको आक्रमणबाट तीनै जना गम्भिर घाईते भएका छन् । घाईतेहरुको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भईरहेको छ । ईन्चार्ज आङ्देम्बेको आइसियुमा र अन्य २ जना विश्वदिप राजवंशी र अजय खवासको अर्थोवार्डमा राखेर उपचार भईरहेको छ । आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो। खुकुरीबाट उनको अनुहारमा गम्भिर चोट लागेको छ भने अन्यको हात र शरिरका विभिन्न भागमा चोट लागेको छ ।

घटना विवरण अनुसार बिर्तामोड – ४ का खगेन्द्र खालिङ्गले राति करिब १ बजे आङ्देम्बेलाई घरमा बोलाएको बुझिएको छ । घर भित्र पस्नको लागि चेनगेटमा पुग्नेवित्तिकै खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । अर्का घाईते खवासका अनुसार आङ्देम्बेको हत्या गर्ने योजनाले नै खुकुरी प्रहार भएको हो । आङ्देम्बेलाई खुकुरी प्रहार गर्दा मैले रोक्ने प्रयास गरें, खवासले भने – मेरो हातको ४ वटा औँला काटिएको छ । यो आक्रमण योजनावद्ध देखिन्छ ।


यस्तै अर्का घाइते राजवंशीलाई पनि भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिएपछि मोटरसाईकलमा आएका सोहि समुहका ४ जनाले आक्रमण गरेको थियो ।

घटनाको विषयमा जानकारी भएपश्चात संलग्नहरुको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
177
सम्बन्धित

लोकप्रिय

लोकप्रिय