शिवसताक्षीमा इलेक्ट्रोनिक भेन दुर्घटना हुँदा ६ जना घाइते

झापा । झापाको शिवसताक्षीमा इलेक्ट्रोनिक भेन (इभी) दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आज बिहान ९ः४० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ८ सम्झना चौकस्थित पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट काँकरभिट्टातर्फ आउँदै गरेको प्र १–०२–००१ ज ४५०० नम्बरको इलेक्ट्रोनिक भेन अनियन्त्रित भई सवारी दुर्घटना हुँदा त्यसमा सवार ११ जनामध्ये ६ जना घाइते भएका हुन्।

घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । घाइते हुनेहरुमा मोरङ मधुमल्ला ९ बस्ने बर्ष २० सुरज श्रेष्ठ, उर्लाबारी नगरपालिका वडा नम्बर –३ बस्ने बर्ष ५२ की सरिता धिमाल, पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ बस्ने बर्ष ६८ का धनबहादुर फियाक, पाँचथर कुम्मायक गाउँपालिका वडा नम्बर ३ बस्ने बर्ष ४० का किरण ढुंगाना र मोरङ बेलबारी नगरपालिका वडा नम्बर २ बस्ने बर्ष ३५ की शान्तिला कटवाल रहेका छन् ।


त्यस्तै चालक सुनसरी बर्जु गाउँपालिका वडा नम्बर ३ बस्ने बर्ष ३० का शनि मगर पनि सामान्य घाइते भएका छन् । उनको लालीगुराँस हेल्थकेयर मेडिकलमा उपचार भइरहेको छ । सम्पूर्ण घाइतेका आफन्तलाई जानकारी गराइसकेको र सवारीसाधन इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
218
सम्बन्धित

लोकप्रिय

लोकप्रिय