वुमन्स डे कप: नेपालले युगान्डालाई एक विकेटले हरायो

काठमाण्डौ । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

आजको खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले हराएको हो । युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रन बनाइन । त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको थियो ।


युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । नेपालका लागि पुजा महतोले तीन तथा कप्तान इन्दु बर्माले दुई विकेट लिइन् ।

हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले हङकङलाई हराएको थियो । शृङ्खलामा नेपाल, युगान्डा, नामिबिया र हङकङ छन् ।

नेपालले भोलि हङकङसँग खेल्ने छ । त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्ने तालिका छ ।

सबै टोलीले एक–अर्कासँग समान दुई/दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ । फाइनल खेल चैत ३ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
157
सम्बन्धित

लोकप्रिय

लोकप्रिय