आगलागीमा परी घाइते झापा मेचिनगरका राईको मृत्यु

झापा । झापाको मेचिनगर नगरपालिका–४ आमडाँगीका ५१ वर्षीय बिरेन्द्रराज राईको आगलागीबाट घाइते भई उपचारका क्रममा मृत्यु भएको छ।

फागुन ९ गते राति ९:१० बजे राईको घरको पूजा कोठामा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो। आगो निभाउने क्रममा उनको दुवै हात, दुवै खुट्टा र अनुहार जलेर गम्भीर घाइते भएका थिए।

घटनापछि उनलाई बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि बिराटनगर लगिएको थियो। त्यहाँबाट घोपा धरान हुँदै पुनः बिराटनगर फर्काइएको थियो।


फागुन २५ गते बिहान ३:३० बजे, उपचारकै क्रममा बिराट नर्सिङ होम, बिराटनगरमा उनको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
207
सम्बन्धित

लोकप्रिय

लोकप्रिय