नेपाली क्रिकेट टिमको प्रशिक्षकका लागि ७० जनाको आवेदन

झापा । गत जनवरीदेखि रिक्त रहेको नेपाली पुरूष क्रिकेट टोलीको प्रशिक्षकका लागि ७० जना व्यक्तिहरूको आवेदन परेको छ ।

नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले विभिन्न देशका गरी ७० जनाको नाम आएको र त्यहाँबाट शर्टलिस्ट गरी पुरूष पीएम कप सकिनुअगाडि अर्थात् चैतको तेस्रो साताभित्र घोषणा गर्ने जनाएका हुन् ।

दुईजना पूर्वप्रशिक्षकहरूको पनि आवेदन आएको सचिव खड्काले जनाए । उनीहरूको नाम भने खुलाइएको छैन । अब पीएम कपको अवधिमै प्रशिक्षक नेपाल बोलाएर नियुक्ति गर्ने बताइएको छ ।


यसअघि सन् २०२४ को जनवरीदेखि नेपाली टोलीको प्रशिक्षण सम्हालेका मोन्टी देशाईसँगको सम्झौता सकिएर नवीकरण नगर्ने निर्णय भएको थियो । त्यसको केही दिनमा क्यानले प्रशिक्षक नियुक्तिका लागि आवेदन खुलाएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
167
सम्बन्धित

लोकप्रिय

लोकप्रिय