बुट्टाबारी च्यालेन्ज नकआउट फुटबल, रेडहर्स इलाम बिजयी

बिर्तामोड । बुट्टाबारी युनाईटेड क्लवद्वारा आयोजित तेश्रो बुट्टाबारी च्यालेन्ज नकआउट फुटबल प्रतियोगिता २०८१ अन्तर्गतको आजको खेल रेडहर्स फूटबल क्ल्ब इलाम र बिराटनगर सिटि फूटबल क्लब बिच भएकोमा रेडहर्स फूटबल क्लव इलामले खेल जितेको छ।

तीनगोलको बराबरीमा खेल टुंगिए पछि ट्राईब्रेकरमा धकेलिएको खेलमा रेडहर्स इलाम बिजेता बनेको हो।

ट्राईब्रेकरमा ३-४ गोलको अन्तरले रेडहर्स इलामले बिजय निकालेको हो भने खेलको म्यान अफ दि म्याच समेत रेडहर्स इलामकै गोलकिपर निशम दनुवार बने उनले नगद तीनहजार प्राप्त गरे।


उक्त रकम खेल आयोजक अध्यक्ष हिमाल कन्दङ्गवा, झापा फूटबल क्लवका अध्यक्ष भगिरथ आले साथै बिर्तामोड-६ का वडा अध्यक्ष सूर्य प्रसाद कन्दङ्गवाले संयूक्त रुपमा बितरण गरे ।

भोलीको खेल सुनसरी र बनियानी बगान कचनकवल क्लव बिच हुने आयोजकको तर्फबाट जानकारी गराएको छ। 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
211
सम्बन्धित

लोकप्रिय

लोकप्रिय