204
Shares
बिर्तामोड । विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा पुगेको नेपाली चलचित्र ‘राजागंज’ले झापाको बिर्तामोडमा ‘प्रिमियर शो’ गरेको छ । ‘राजागंज’ निर्देशक दीपक रौनियारकोे निर्देशनमा बनेको नेपाली चलचित्र हो ।
आज बिर्तामोडको पाथिभारा सिने प्लाजामा चलचित्रले पूर्वेली चलचित्रप्रेमी, पत्रकार, व्यवसायी, प्रहरी तथा सरोकारवालाहरुलाई लक्ष्यीत गरेर चलचित्रको प्रिमियर शो गरेको हो । प्रहरीकै कथा भएकाले प्रिमियर शो मा प्रहरीलेहरुले समेत चलचित्र हेरेका छन् ।
आगामी चैत १ गतेबाट प्रदर्शन आउने फिल्ममा अभिनेत्री आशा मगराती मुख्य भुमिकामा देखिएकी छिन् । त्यस्तै दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव लगायतको कलाकारहरुको अभिनय छ ।
नेपालमा ‘राजागंज’ शीर्षकमा प्रिमियर गरिएको र प्रदर्शनको तयारी गरिरहेको यो चलचित्र देश बाहिर भने ‘पूजा सर’ टाइटल राखेर प्रिमियर गरिएको निर्माण टिमले जनाएको छ ।
२०७२ सालमा संविधान जारी भएपछिको विरोधमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखेर चलचित्रको कथा निर्माण गरिएको छ ।
मधेसमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सांसद र स्कुलकी प्रधानाध्यापकका छोरालाई मुक्त गराउन एक महिला प्रहरी अधिकारीले चालेको खोजी अनुसन्धानलाई चलचित्रमा देखाइएको छ । द्धन्द र आन्दोलनका बिच प्रहरीले अपहरणमा परेका बालकलाई खोज्न अपनाएको रणनीति र आइपर्ने समस्या नै चलचित्रको मुख्य कथावस्तु हो । उपल्लो वर्गबाट आर्थिक हिसाबले कम्जोर ठानिदिने समुदायको पात्रले भोग्नुपरेको पिडा समेत चलचित्रले दर्शाउन खोजेको छ ।
प्रिमियर शोका सहभागिहरुले चलचित्र हेरिसकेपछि चलचित्र उत्कृष्ठ भएको प्रतिक्रिया दिएका छन् । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख डिएसपी प्रकाश विष्टलगायतले महिला पात्रलाई नै मुख्य रुपमा प्रस्तुत गरेको चलचित्रले समाजमा सकरात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिएका थिए ।
प्रिमियर शो मा निर्देशक रौनीयार, अभिनेत्री आशा मगराती, नायीक रिमा विश्वकर्मा लगायतको सहभागिता थियो । प्रिमियर शो अघि र पछि भएको कार्यक्रमलाई कार्यक्रम संचालीका सुनिता तामाङ र नायीक रिमा विश्वकर्माले सहजिकरण गरेका थिए ।
लचित्रका निर्देशक रौनियार उत्कृष्ट फिल्म निर्देशक हुन् । उनकोे फिल्म ‘हाइवे’ ले २०१२ मा बर्लिन फिल्म फेस्टिभलमा प्रतिस्पर्धा गरेको थियो। उनको दोस्रो फिल्म ‘ह्वाइट सन’ भेनिस, टोरोन्टो, लोकार्नो, बुसान लगायतका महोत्सवमा छानिनुका साथै सिंगापुर र पाम स्प्रिंग्समा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो।
‘राजागंज’ भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएसँगै फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड, बेलायत लगायतका देशहरूमा प्रदर्शन अधिकार प्रतिष्ठिन कम्पनीहरूलाई बिक्री गरिसकेको निर्माण पक्षले जनाइएको छ।
प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
+1
+1
+1
204