झापाको क्याम्ब्रिज बोर्डिङ्गको दुई वटा बसमा आगलागी

शिवसताक्षी । झापा शिवसताक्षीको दूधेमा रहेको क्याम्ब्रिज अंग्रेजी बोर्डिङ्ग स्कुलको बसमा आगलागी भएको छ ।

अहिले साँझ विद्यालय परिसरमा पार्किङ्ग गरेर राखेको दुई वटा बसमा आगलागी भएको हो ।

शिवसताक्षी नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ ।


आगालगीबाट दुवै वटा बस पूर्ण रुपमा क्षति भएको क्याम्ब्रिज अंग्रेजी विद्यालयले जनाएको छ ।

आगलागीको कारण भने खुलेको छैन । प्रहरीले आगलागीको अनुसन्धान गर्ने भएको जनाएको छ । 

एकैपटक दुईवटा बसमा आगलागी हुनु आश्चर्य भएको प्रहरीले बताएको छ । घटनाको सूक्ष्म अध्ययन गरेर यथार्थ बाहिर ल्याउने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सो विद्यालय प्याव्सन शिवसताक्षी नगरका अध्यक्ष राम सुहाङको एकल स्वामित्वमा छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
336
सम्बन्धित

लोकप्रिय

लोकप्रिय