झापा । भीरबाट लडेर पाँचथरमा एक जनाको मृत्यु भएको छ ।
हिजो साँझ ६ः५० बजे पाँचथर फाल्गुनन्द–७ माङमास्थित सुविधा डाँडा जंगलमा फाल्गुनन्द–५ सिरान टोल बस्ने ३६ वर्षीय वेनु नेम्वाङको भीरबाट लडेर मृत्यु भएको हो ।
मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको प्रहरीले जनाएको छ
