सुखानी पुगेका नेताले भने- एमाले बाहेक कसैले सहिदको सपना पुरा गर्न सक्दैन

झापा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमाले बाहेक कसैले सदिहको सपना पुरा गर्न नसक्ने बताउनु भएको छ ।

नेकपा (एमाले) झापा र इलामको आयोजनामा आज सुखानी सदाहत स्थलमा आयोजित स्मृति दिवसमा उहाँले सहिदको सपना गर्न नेकपा एमाले प्रतिवद्ध रहेको बताउनुभयो । सुशासन, विकास र समृद्धि हासिल गरेपछि मात्रै सुखानीका सहिदहरुको सपना पुरा हुने बताउँदै उहाँले गन्तव्यहिन यात्रामा रहेका, अलमलमा परेकाहरुलाई पार्टीमा फर्किन आव्हान गर्नुभयो ।

माई नगर कमिटीको व्यवस्थापनमा आयोजित ५३ औं सहिद दिवसमा उपाध्यक्ष बरालले समृद्ध राष्ट्र निर्माणको गर्ने अभियानमा जोडिन आग्रह गर्दै भन्नुभयो – ‘यो मुलुकको विकासको नेतृत्व एमालेले गर्छ, तपाईहरु मुलुप्रवाहमा समाहित हुनुहोस् ।’ नेपाली जनताको मुक्तिका लागि जीवन बलिदान दिने सहिदहरुको सपना साकार पार्न एमाले बाहेकले खुट्टा कमाउने अवस्था छ, उहाँले भन्नुभयो – अरुले खुट्टा लरबराउन सक्छन्, बाटो विराउन सक्छन् । गन्तव्यहिन यात्रा रोज्न सक्छन् । एमाले सहिदको सपना पुरा गर्न सधैं प्रतिवद्ध भई लागिरहनेछ ।


नेता बरालले संविधानका सवल पक्षलाई अघि बढाउदै कमजोरी रहेको अवस्थामा सच्याएर जानुपर्ने बताउनुभयो । संविधान कार्यान्वयनको चरणमा कुनै कमजोरीहरु रहेको खण्डमा सच्याएर जाने सकिने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि बरालले नेपाली कांग्रेससँग प्रतिष्पर्धा र सहकार्य रहने बताउनुभयो ।

कार्यक्रममा नेत्र घिमिरेको छोरी कल्पना घिमिरेले सहिद परिवारलाई कुनै स्वार्थ नरहेको बताउनु भएको छ । विगतमा सबैखाले समस्याहरु भोगियो, अब जनताको सुख नै सहिद परिवार एक मात्र स्वार्थ हुने उहाँको धारणा छ ।

सुखानी सहिदहरुको प्रेरणाले नै लाखौं नेपालीहरु नेकपा एमालेमा लागेको र देशको सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी बन्न सफल भएको उहाँको भनाई छ । उहाँले सहिदले देखाएको बाटो नभुल्न आग्रह गर्दै जनताको चहानालाई प्राथमिकतामा राखेर जानुपर्ने बताउनुभयो ।

वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँच जना नेताहरु दाहाल, घिमिरे, कुइँकेल, राजवंशी र श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
239
सम्बन्धित

लोकप्रिय

लोकप्रिय