बुवा-छोरीको एकै चिहानमा अन्तेष्टी

धनगढी। दार्चुलाको महाकाली नगरपालिका–६ निसिलका मोहन बोहरा र उनकी छोरी निर्मला बोहराको एकै चिहानमा अन्तेष्टी गरिएको छ।

जिल्लाको महाकाली नगरपालिका –६ निसिल स्थायी बासिन्दा मोहन बोहरा, जो हाल त्रिवेणी भन्सार कार्यालय, नवलपरासीमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिए, फागुन १३ गते हृदयघातका कारण मृत्यु भएको थियो भने १५ गते उनकै छोरी निर्मला बोहराले सवारी दुर्घटनामा परी ज्यान गुमाइन्।

पढाइको सिलसिलामा निर्मला र उनका भाई महेन्द्रनगरमा भाडाको घरमा बस्दै आएका थिए।


निर्मला बुबाको अन्तिम अनुहार हेरेर कञ्चनपुरबाट फर्किंदै थिइन। बिहिवार बिहान पूर्वपश्चिम राजमार्गअन्तरगत शुक्लाफाँटा नगरपालिका–५ को वन समितिमा बा ०१–००६ ख ३५३७ नम्बरको ट्रकले उनी सवार म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा निर्मलाको घटनास्थलमै मृत्यु भएको थियो।

एकै परिवारका दुई सदस्यको दुई दिनको फरकमा भएको मृत्युले सम्पूर्ण निसिल गाउँ शोकमग्न बनेको छ। बुवा र छोरी दुवैको पार्थिव शरीर कञ्चनपुरमा एउटै चिहानमा अन्त्येष्टि गरियो। मृत्तक बोहराका आफन्त नविन धामीले बताए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
55
सम्बन्धित

लोकप्रिय

लोकप्रिय