भद्रपुर । झापाको भद्रपुरमा सम्पन्न दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि भद्रपुर ब्लेजर्सले उचालेको छ ।
झापा ११ लाई २-० गोल अन्तरले हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि उचालेको हो ।
खेलको ३१औं मिनेटमा भद्रपुर ब्लेजर्सका क्याप्टेन आशिष चापागाईंले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको अन्तिम मिनेटमा सत्यम शर्माले दोस्रो गोल गरेका थिए ।

खेलको सुरुवातदेखि नै दबाब झेलेको झापा ११ ले पटक पटक पोष्टमा प्रहार गरेपनि गोल गर्न सकेन ।
पहिलो बनेको भद्रपुर ब्लेजर्सले १३ लाख नगद र ट्रफी प्राप्त गर्यो भने उपविजेता झापा ११ ले ७ लाख नगद प्राप्त गर्यो ।