तास खेल्ने क्रममा विवाद हुँदा साथीको हत्या

पर्सा । साथीको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका-२७ उदयपुर घुर्मीका १९ वर्षीय मुकेशप्रसाख यादव, १९ वर्षीय अरूणकुमार यादव र १९ वर्षीय मुना तिवारी पक्राउ परेका हुन्।

उनीहरूलाई प्रहरीले फागुन ११ गते पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो।


उनीहरूले सोही ठाउँका १९ वर्षीय इशालप्रसाद कुर्मीको हत्या गरेको आरोप छ। उनी फागुन ७ गते वीरगन्ज बजार जान्छु भनेर निस्किएका थिए। फागुन ११ गते शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साको एसपी गौतम मिश्रले जानकारी दिए।

तास खेल्ने क्रममा सापटी लिएको पैसा नदिएको भनेर हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
112
सम्बन्धित

लोकप्रिय

लोकप्रिय