बिर्तामोडमा आजै अर्को पनि भेटियो सडेको शव

बिर्तामोड । झापाको बिर्तामोडमा बिहीबार अर्को सडेगलेको शव फेला परेको छ ।

बिर्तामोडको धर्मकाँटा रोडमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले शवको मुचुल्का गरेर पोष्टमार्टमको लागि पठाएको जनाएको छ । करिब एक साताअघि मृत्यु भएको जस्तो शव फेला परेको बताइएको छ ।


एभरेष्ट बैंक पछाडिको कम्पाउण्ड गरेको जमिनमा रहेको टहरामा शव फेला परेको हो । प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन ।

केही दिन अगाडिसम्म त्यस स्थानमा मागेर खादै आएका व्यक्तिको मृत्यु भएको हुनसक्ने अनुमान स्थानीयको छ ।

यसअघि आज बिहान गिरीबन्धु चिया बगानभित्र सडेको अवस्थामा एक पुरुषको शव फेला परेको थियो ।

उक्त शव पाँचथर रानीटार २ का ३८ वर्षीय कुमार गुरुङको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
117
सम्बन्धित

लोकप्रिय

लोकप्रिय