बिर्तामोडमा भएको मोटरसाईकल दुर्घटनाका घाइते १९ बर्षीय राजवंशीको मृत्यु

झापा । बिर्तामोडमा भएको मोटरसाईकल दुर्घटनामा परि चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परि उपचारर्त कचनकवल गाउँपालिका ३ बस्ने बर्ष १९ को गोबिन्द राजवशीको मृत्यु भएको हो ।

उनको टाउको, अनुहार र खुट्टामा चोट लागेको थियो । बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको उनको आज दिउँसो ३ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।


मोटरसाईकल पछाडि सवार कचनकवल ३ कै १८ बर्षीय अमित राजाको छातिमा चोट लागेको र उनको सोही अस्पतालमा उपचार भईरहेको बताइएको छ ।

गत मंगलबार अपराहन्न ५ः४५ बजेको समयमा बिर्तामोड नगरपालिका वडा न.२ स्थित भित्री सडक खण्डमा लालमाटीचोकबाट रामचोक तर्फ आउदैं गरेको म.प्र.०३–०२५ प ९५०१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना हुदाँ उनीहरु घाइते भएका थिए ।

उक्त मोटरसाईकललाई नियन्त्रणमा राखी सो सम्बन्धमा थप अनूसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय