झापा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन प्रतितोला १ हजार ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य भने सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।