दुर्घटनामा घाइते संचारकर्मी प्रधानको उपचाराकालागि प्रेस चौतारी नेपालको आर्थिक सहयोग

बिर्तामोड । दुर्घटनामा परि घाइते भएका झापाली संचारकर्मी सुरज प्रधानको उपचारकालागि प्रेस चौतारी नेपाल झापाले आर्थिक सहयोग प्रदान गरेको छ ।

उनी उपचारर्त रहेको बिर्तामोडको बिर्तासिटी अस्पतालमा पुगेर प्रेस चौतारी नेपालको टोलीले नगद ३० हजार १ सय २० रुपैयाँ प्रदान गरेको हो ।

प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको उपचार कोषकी संयोजक भिमा शिवाकोटीले संचारकर्मी प्रधानको बहिनी सिमा प्रधानलाई उक्त रकम हस्तनान्तरण गर्नुभएको हो ।


‘सुखमा चौतारी दुःखमा चौतारी’ भन्ने मुल अभिप्रायले उपचार रकम हस्तनान्तरण गरिएको प्रेस चौतारी झापाका पूर्व अध्यक्ष गोपाल काफ्लेले जानकारी दिनुभयो । उक्त रकम प्रेस चौतारीका सदस्यहरुले स्वइच्छाले संकलन गरेका हुन् ।

भिमा शिवाकोटी, गोपाल काफ्लेसहित प्रेस चौतारी झापाकी उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार महासंघ झापाका सहसचिवहरु रमेश तिवारी र तिलक योञ्जन, पत्रकारहरु सन्तोष न्यौपाने, प्रेम आचार्य, सिर्जन घिमिरे, तिर्थ तिम्सिना, आयुस निरौला लगायतले अस्पतालमानै पुगेर प्रधानको स्वास्थ्यलाभको कामना गरेका थिए ।

त्यस्तै अर्जुनधारा प्रेस क्लबल र बुद्धशान्ति प्रेस क्लबले समेत प्रधानलाई उपचारकालागि सहयोग हस्तनान्तरण गरेका छन् । अर्जुनधाराले नगद १८ हजार ६ सय र बुद्धशान्तिले ८ हजार ५ सय रुपैयाँ प्रदान गरेको हो ।

अर्जुनधारा प्रेस क्लबका तर्फबाट उपाध्यक्ष प्रेम आचार्य र बुद्धशान्ति क्लवका तर्फबाट अध्यक्ष तीर्थ तिम्सिनाले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

उपचारर्त संचारकर्मी प्रधान मेचीनगरमा संचालनमा रहेको रेडियो साथीमा कार्यरर्त छन् । 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
256
सम्बन्धित

लोकप्रिय

लोकप्रिय