मेचीनगरमा ढल तथा फोहोर पानी व्यवस्थापनको तयारी

मेचीनगर । मेचीनगर नगरपालिकाको ढल तथा फोहोर पानी व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बन्ने भएको छ ।

संघिय खानेपानी मन्त्रालयले मेचीनगरको मुख्य बजारहरुमा ढल तथा फोहोर पानी व्यवस्थापनका लागि डिपिआर बनाउन प्रक्रिया सुरु गरेको छ ।

मन्त्रालयल अन्तरगतको खानेपानी तथा ढल व्यवस्थापन विभागले आज गोरखा पत्रमा प्रकाशित सूचनामा डिपिआरका लागि आवहनमा मेचीनगरको मुख्य बजारहरुमा ढल व्यवस्थापन र फोहोर पानी प्रशोधन गर्ने गरी प्रक्रियाअघि बढाएको छ ।


डिपिआरका लागि मेचीनगर फोहोर पानी व्यवस्थापन आयोजना तयार गरिएको छ । डिपिआर बनेपछि ढल र फोहर पानी व्यवस्थापनसहितको प्रशोधनको कामअघि बढ्ने छ ।

उक्त डिपिआरका लागि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले २०७९ मंसिर १४ गते खानेपानी तथा ढल व्यवस्थापन विभागलाई पत्र पठाएका थिए ।

पत्रमा एकिकृत खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन गरिदिन भनी अनुरोध गरिएको थियो । नगरप्रमुख बुढाथोकीले मेचीनगरको मुख्य बजारहरुको ढल तथा फोहोर पानी व्यवस्थापनमा समस्या रहेको बताए ।

थोरै जमिनमा बनेका घरबाट निक्लने र अन्य पानीको समुचित व्यवस्थापन नहुँदा फोहोर पानी सडकमा यत्रतत्र बग्ने भएको हुँदा उचित ढल निर्माण, फोहोर पानीको व्यवस्थापनका लागि योजनामा समावेश गरी दिन मन्त्रालयलाई आग्रह गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
198
सम्बन्धित

लोकप्रिय

लोकप्रिय