‘व्यवसायी राहत कोष’ मा रकम प्रदान गर्दै घिमिरेले मनाए जन्मोत्सव

झापा । बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित ‘व्यवसायी राहत कोष’का संयोजक राज कुमार घिमिरे ‘राजु’ ले ३१ हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् । आफ्नो जन्म दिनको अवसर पारेर संघका वरिष्ठ उपाध्यक्ष समेत रहेको घिमिरेले कोषमा सहयोग गरेका हुन् ।

श्रीमती मीनादेवी भट्टराई घिमिरे सहित संघको कार्यालयमा आएका संयोजक घिमिरेले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए ।

व्यवसायीलाई समस्या पर्दा तत्काल राहत उपलब्ध गराउने गरी संघले एक करोड रुपैँयाको अक्षयकोष स्थापना गरेको छ । सो कोषमा हालसम्म १० लाख रुपैयाँ माथि रकम संकलन भइरहेको छ ।


वरिष्ठ उपाध्यक्ष घिमिरेले कोष वृद्धिका लागि रकम उपलब्ध गराएसंगै बिर्तामोड उद्योग वाणिज्य संघले उनलाई कदरपत्र सहित सम्मान गरेको छ ।

यसैबीच उनले यस अघि बिर्तामोड ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका ३९ जना ज्येष्ठ नागरिकलाई भोजन गराएका थिए । त्यहाँ रहेको ज्येष्ठ नागरिकलाई भोजन सहित फलफूल बितरण गरेका उनले लगत्तै आफूहरुले स्थापना गरेको व्यवसायी राहत कोषका लागि समेत रकम प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
280
सम्बन्धित

लोकप्रिय

लोकप्रिय