बुद्वशान्तीमा करेन्ट लागेर हल्दिबारीका लिम्बुको मृत्यु

झापा । झापाको बुद्वशान्तीमा करेन्ट लागेर २० बर्षीय लिम्बुको ज्यान गएको छ ।

बुद्वशान्ती गाउँपालिका वडा नम्बर १ नमुना बस्तिस्थित दामा खोलामा झोलुङगेपुल निर्माणमा काम गर्दै आएका झापा हल्दिबारी वडा नम्बर ३ का  २० बर्षका सुसिल लिम्बुको शनिबार बेलुका मृत्यु भएको हो ।

हल्दिबारी गाँउपालिका वडा नं.३ घर भएका उनी बुद्वशान्ती गाउँपालिका वडा नं.१ दामा खोलामा काम गर्दै आएका थिए । 


लिम्बुले शनिबार आफु बस्ने छाप्राबाट बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका थिए ।

उनको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
102
सम्बन्धित

लोकप्रिय

लोकप्रिय