त्रिशुलीमा खसेका रोहित ९ दिनपछि मृत भेटिए

झापा । त्रिशुली नदिमा वेपत्ता भएका एक भारतीय सेना ९ दिनपछि मृत फेला परेका छन् ।

गत फागुन २ गते चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित पुलबाट त्रिशुलीमा खसेका लम्जुङको चन्द्रेश्रवर घर भइ हाल चितवन बस्ने २७ वर्षका रोहित राना वेपत्ता भएका थिए । उनको आज बिहान शुव फेला परेको प्रहरीले जनाएको छ । उनी भारतीय सेनामा कार्यरत रहेको खुलेको छ ।

उनी सवार बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। मोटरसाइकल सडकमै अडिएको थियो भने उनी त्रिशूलीमा खसेका थिए।


भारतीय सेनामा कार्यरत राना गोर्खाली राइफल म्यान हुन् भने उनी दुर्घटना हुनुभन्दा एक साताअघि मात्रै नेपाल आएका थिए।

लमजुङको सुन्दरबजार नगरपालिका-३ चन्द्रेश्वर स्थायी ठेगाना भएका रानाको परिवार दुई दशकदेखि चितवनको भरतपुर महानगरपािलका-१ रामनगरमा बस्छन्।

रानाको शव पोस्टमार्टमका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय