अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : आज नेपाल र म्यानमार भिड्दै

झापा । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र म्यान्मारबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल र म्यान्मार फाइनलमा पुगिसकेका छन् । नेपाल र म्यान्मारले यस अघिका आफ्ना दुवै खेलमा जित हासिल गरेर फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

नेपाल र म्यान्मार दुवैले लेबनान र किर्गिस्तानलाई पराजित गरेका हुन् । गोल अन्तरका आधारमा म्यान्मार अगाडि छ भने नेपाल दोस्रो स्थानमा छ ।


नेपालले लेबनान र किर्गिस्तान दुवैलाई १–० गोल अन्तरले पराजित गरेको थियो भने म्यान्मारले किर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय