झापा । नेपाली बजारमा आज आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार कायम भएकोमा आइतबार ३०० रुपैयाँ बढेर १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य भने घटेको छ ।

शुक्रबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।