झापा । फागुन ११ गतेदेखि संचालन हुने केपी ओली कपको संघारमा अर्जुनधारामा मैत्रीपूण फुटसल खेलीएको छ ।
केपी ओली कपको प्रचार र सफलताको शुभकामना व्यक्त गर्दै अर्जुनधारामा मैत्रीपूण फुटसल खेल संचालन गरिएको राष्ट्रिय युवा सघं अर्जुनधारा नगर कमिटीका उपाध्यक्ष सुशील भुजेलले जानकारी दिनुभयो ।
राष्ट्रिय युवा सघं अर्जुनधारा नगर कमिटीको आयोजनामा युवा संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बिच अर्जुनधारा ६ मा मैत्रीपूर्ण फुटसल संचालन गरिएको भुजेलले जानकारी दिनुभयो ।

युवासंघले आजै साँझ पूर्वको पशुपतिका रुपमा परिचित अर्जुनधारा जलेश्वरधाममा द्विप प्रज्वलन समेत गरेको छ ।
कार्यक्रममा युवासंघ अर्जुनधारा नगर कमिटी अध्यक्ष धिरज मोक्तान, जिल्ला सचिव उमेश मिश्र, नेकपा एमाले अर्जुनधारा नगर कमिटी सदस्य विराज सुवेदी लगायतका नेताहरुसहित युवासंघमा आवद्ध युवाहरुको सहभागीता रहेको थियो ।