झापा । झापाको बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।
आज दिउँसो ३ बजे बुद्धशान्ति गाउँपालिका वडा नम्वर–२ खतिवडा चौकस्थित जयपुर–शनिश्चरे भित्री सडकखण्डमा शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको मे.९ प. ७४८२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने अन्दाजी ७५ वर्षीया इन्द्रमाया कार्कीको मृत्यु भएको हो ।
घाइते कार्कीलाई बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका वडा नम्वर–१० बस्ने २१ वर्षीय भुवन न्यौपानेलाई इलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको छ ।
सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार बुद्धशान्ति गाउँपालिका वडा नम्वर –७ बस्ने २४ वर्षीय रविन गड्तौला घाइते भएका छन् ।
उनको खुट्टा र दुवै हातमा चोट लागेर सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।