केआईआईटीबाट काँकरभिट्टा हुँदै नेपाल फर्किए २० नेपाली विद्यार्थी

झापा । भारत ओडिसाको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालमा अध्ययनरत २० जना नेपाली विद्यार्थीहरु पूर्व नाका काँकरभिट्टा हुँदै घर फर्र्किएका छन् ।

रुपन्देहीकी विद्यार्थी प्रकृति लम्सालको केआईआईटी विश्वविद्यालयको होस्टेलमा भएको शंकास्पद मृत्युको घटनापछि धमाधम नेपाली विद्यार्थीहरु घर फर्किरहेका छन् ।

झापा प्रहरीका अनुसार फागुन ६ गतेदेखि १० गतेसम्ममा २० जना नेपाली विद्यार्थीहरु घर फर्किएका हुन् ।


विद्यार्थीहरुलाई कुटपिटपछि धाकधम्की दिएपछि विद्यार्थीहरु घर फर्किएका हुन् ।

काँकरभिट्टाबाट फर्किएका केआईआईटी विश्वविद्यालका विद्यार्थीहरु दोस्रो तह चौथो सेमिस्टारमा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
128
सम्बन्धित

लोकप्रिय

लोकप्रिय